डा. गोविन्द केसी आजैदेखि अनसन बस्ने

काठमाडौँ – डा गोविन्द केसी अनसन बस्न धनगढीतिर प्रस्थान गरेका छन् । आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौंबाट धनगढी प्रस्थान गरेका हुन् ।

आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । माग सुनुवाई नभएको भन्दै पूर्वनिर्धारित समय अनुसार नै धनगढी गएका हुन् । ‘धनगढीमा कहाँ बस्ने भन्ने अहिले नै फिक्स भइसकेको छैन्’ सुवेदीले भने ।

केसीले १२ भदौमा पत्रकार सम्मेलन गर्दै ६ बुँदे मागसहित अनसनको घोषणा गरेका थिए । उनले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार