घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार