पर्सामा एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

वीरगञ्ज । पर्साकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक तीन वटा छोराको जन्म भएको छ ।

पर्साको पर्सागढी नगरपलिका वडा नं। ९ बस्ने ललितादेवी थरुनीले तीन सन्तानलाई जन्म दिएकी हुन् ।बिहीबार शल्यक्रिया गरेर उनको तीन वटा बच्चा निकालिएको प्रभु अस्पताल वीरगञ्जले जनाएको छ । आमा तथा तीनवटै बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर थापाले जानकारी दिइन् ।

उनले १० वर्षअघि वृज चौधरी थारुसँग विवाह गरेकी थिइन् । विभिन्न अस्पताल चाहारेपनि १० वर्षसम्म चौधरी दम्पतीको कुनै सन्तान हुन सकेन । आईभीएफ प्रविधिबाट गर्भ राखिएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार