काटेश्वर क्षेत्रका अवैध संरचनामा चल्यो महानगरको डोजर

काठमाडौं महानगरपालिकाले काटेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।

महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएकोहो । सो क्षेत्रमा रहेका फुटपाथ पनि महानगरले हटाउने भएको छ ।

महानगरले कोटेश्वर क्षेत्रमा यसअघि पनि डोजर चलाएको थियो । यस्तै राजधानीका अन्य स्थानका अवैध संरचनामा पनि महानगरले डोजर चलाउँदै आएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार