सेयर बजार राताम्मे, दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा ठूलो गिरावट आएको छ । आइतबार बजार मापन गर्ने सूचक ११.४७ अंकले घटेर परिसूचक १९२६.२८ बिन्दुमा रोकिएको छ ।

आज कुल २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार भन्दा बढी पटक किनबेच हुँदा कुल ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्र कारोबार भएको हो ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ३.३४, विकास बैंक ५३.४९, वित्त कम्पनी २२.५४, जलविद्युत ३४.२६, जीवन बीमा ३९.६९, माइक्रोफाइनान्स ३६.६२, निर्जीबन बीमा ३८.४५ र टे«डिङ समूहको उपसूचक ११.१८ अंकले घटेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार