सन्दीप प्रकरण : नगरकोटको होटलमा भेटिएन सीसीटीभी फुटेज

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ ।लामिछानेले यही भदौ ५ गते राति नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर बलात्कार गरेको भन्दै एक किशोरीले प्रहरीमा जाहेरी दिएकी छिन् । सन्दीपविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।

सन्दीपले नाबालिक किशोरीलाई सुरुमा ‘नगरकोटमै बसौँ’ भनेर दबाब दिएको किशोरीले प्रहरी समक्ष बताएकी छन् । । जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । सन्दीपकै साथीले उनीहरू दुईजनाबीच चिनजान गराइदिएकी थिइन् ।

काठमाडौंको ‘होटल काठमाडौं इन’मा राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ । प्रहरीका अनुसार सो होटलको सीसीटिभी फुटेजमा पनि सन्दीप र पीडित किशोरी सँगै देखिएका छन् ।

तर, नगरकोटमा बसेको होटलको सीसीटिभी फुटेज भने फेला पर्न सकेको छैन । प्राविधिक समस्याका कारण फुटेज ‘स्टोर’ नरहेको बताइएको छ ।

तर, प्रहरीले काठमाडौं र नगरकोट दुवै होटलका कर्मचारीसँग सोधपुछ गरिरहेको छ । परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहरा सन्दीपविरुद्धका प्रमाण संकलनमा प्रहरी सक्रिय रहेको बताउँछन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार