स्रोत नखुलेको १५ लाख नगदसहित दुई पक्राउ

सर्लाही । मलंगवा नगरपालिका–८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको १५ लाख १६ हजार रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा।९८ प ७१५८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरिएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार