सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान सन्दीप लामिछानेलाई अध्यागमनले कालोसूचीमा राखेको छ। एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि अध्यागमनले उनलाई कालोसूचीमा राखेको हो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, डीआईजी श्यामलाल ज्ञवालीले पक्राउ पुर्जी जारी भएपछि अध्यागमनले उनलाई कालोसूचीमा राखेको बताए। पक्राउ पुर्जी जारी भएकाहरुलाई कालोसूचीमा राख्ने चलन अनुसार लामिछानेलाई पनि राखिएको उनले बताए।

उनी नेपाल आएलगत्तै विमानस्थलबाटै पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार