असोज १ गते सांसदहरुलाई ‘भोज’ खुवाएर सभामुखले बिदाइ गर्ने

काठमाडौँ – २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरु आगामी असोज १ गते बिदा हुने भएका छन् । असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निर्क्योल भएसँगै सोही दिन अर्थात असोज १ गते अन्तिम बैठक राखेर सांसदहरुलाई बिदाइ गर्न लागिएको हो । बिदाइको अवसरमा सभामुखले भोजको आयोजना गर्ने छन् ।

५ वर्षअघि अर्थात २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरु पहिलो पटक सोही सालको फागुन २१ संसद प्रवेश गरेका थिए ।

संसद सचिवालयले भदौ २९ गते बैठक राखेको छ । सोही दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने सरकारको तयारी छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार