सिट बाँडफाँटबारे गठबन्धनमा आजपनि जुटेन सहमति

नेताहरु भन्छन्, 'अझै धेरै कुरा मिलाउन बाँकी छ'

काठमाडौं । सिट बाँडफाँटबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक पुनः बिनानिष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको हो । बैठक भोलि बिहान ८ बजे पुन बस्ने नेताहरूले बताएका छन् ।

भोलि फेरि बैठक बस्ने र सिट बाँडफाँटलाई अन्तिम रुप दिने कुरा भएको एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘अझै पनि धेरै कुराहरू मिलाउन बाँकी छन् । त्यसबारे आज सहमति हुन सकेन । भोलि फेरि बैठक बस्ने र सिट बाँडफाँटलाई अन्तिम रुप दिने कुरा भएको छ ।’ खनालले भने ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार