राष्ट्रिय हितको संरक्षणका लागि तयार रहन सेनालाई निर्देशन

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।

‘नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको थियो,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बोधनकै क्रममा प्रधानसेनापति शर्माले हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गरेका थिए । उनले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढिकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने उल्लेख समेत गरेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार