राष्ट्रिय सभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ – आइतबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सरेको छ।

आइतबार (२६ भदौ) दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो। राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालका अनुसार ‘विशेष कारणवश’ बैठक स्थगित भएको हो।

अर्को बैठक भदौ २९ गते बुधबार बिहान १०ः५९ मा बैठक बस्ने फुयालले जानकारी दिएका छन्। शनिबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार