बुटवलबाट हराएका तीन बालक भारतको मुम्बईमा भेटिए

तिलोत्तमा – तीन दिनअघि विद्यालय जान हिंडेका बुटवलका तीन तीन जना बालक भारतको मुम्बईमा बेहोस अवस्थामा फेला परेका छन्। बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएका थिए ।

उनीहरू शनिबार राति २ बजे मुम्बईको केरला स्टेशनमा भेटिएको र उनीहरुको बेहोसीजस्तै अवस्थामा रहेको हराएकामध्ये सागर पौडेलका मामा राजु पन्थीले बताए ।

बालकहरूले भने आफूहरू कसरी भारत आइपुगेको भन्ने केही थाहा नभएको अभिभावकलाई बताएका छन्।हराएका समीर लम्सालका बुबाले दिएको जानकारी अनुसार उनीहरुसँग केही झोलाहरु पनि भेटिएको छैन तर एकजनाको खल्तीमा १५ हजार रकम भेटिएको तर त्यो रकम कसले दियो भन्ने विषय नै अन्यौल भएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार