नेविसंघले जलायो राष्ट्रपतिको पुत्ला

'नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्न माग'

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला जलाएको छ ।नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको हो ।

विद्यार्थीले पुत्ला जलाउँदै गर्दै नाराबाजी गरेका थिए । प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पार्ने क्रममा प्रहरीमाथि ढुंगामुढासमेत भएको छ ।
स‌ंसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ।

दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अहिलेसम्म पारित नगरी राष्ट्रपतिले शितल निवासमा विभिन्न व्यक्तिहरूसँग भेला गरेकोमा नेविसंघले आपत्ति जनाएको छ।

नेविसंघ त्रिचन्द्रका नेता नारायण पाण्डेले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार