कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रही सोही मूल्यमा कारोबार भैरहेको छ । तेजावी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ । आइतबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार