सन्दीप नेपाल आउँदै, विमानस्थलबाटै पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं– बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल फर्किंदै छन्। आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न उनी नेपाल आउन लागेका हुन्।

उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्।

उक्त उजुरीपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट गत बिहीबार पक्राउ पूर्जीसमेत लिइसकेको छ। पक्राउ पूर्जी लिई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै नाकामा प्रहरीले पक्राउ आदेश पठाएको छ। विमानस्थलबाटै सन्दीपलाई पक्राउ गर्ने तयारी भइरहेको प्रहरी उच्च स्रोतले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार