दार्चुला बाढी पीडितलाई राहत वितरण गरिँदै

काठमाडौं – दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो ।

अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ ।आजदेखि राहत वितरणसँग बाढीले थप क्षति नहोस् भनेर लास्कु खोलामा स्थायी तटबन्धन लगाउन सुरु गरिएको छ ।

हालसम्म ५ जनाको शव फेला परेको, १० जना बेपत्ता भएको र ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरक्षक जगत मगरले जानकारी दिए । ८ जना घाइते मध्ये पाँच जनाको उपचार भइरहेको छ भने ३ जना डिस्चार्ज भइसकेका छन् ।

बेपत्ता भएकाहरूको आज पनि सुरक्षाकर्मी र स्थानीय नागरिकले खोजी कार्य गरिरहेको इन्सपेक्टर मगरले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार