साताका उत्कृष्ट तस्बिर

काठमाडौँ – यो साताका केही उत्कृष्ट तस्बिरहरु :

कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको आकासमा उडिरहका हाँस प्रजातिका पर्यटक चरा ।

 

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको फुङफुङे झरना । लिम्बु भाषामा फङफङदेन नाम रहेको यो झरना मध्य मेवा जलविद्युत आयोजना क्षेत्रमा रहेकाले अहिले पूर्वाधार सुविधा पुगेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट करिब चार घण्टा सवारी यात्रामा दोभान बजार हुँदै पुगिने झरना करिब ३०० मिटर अग्लो छ । झरनामा बाह्रै महिना पानीको मात्रा राम्रो हुन्छ ।

 

डोटीको दिपायल सिलगढी नगरपालिका(३ मा जीर्ण अवस्थामा रहेको गइना गौँडा ९कोड भैरव० । वि।सं। १६१६ सालमा भुपती शाहले निर्माण गरेको यो ऐतिहासिक संरचना संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ ।

 

पोखरास्थित लेकसाइडको शुक्रबार साँझ देखिएको झिलीमिली दृश्य ।

 

कर्णाली प्रदेशका राजधानी वीरेन्›नगरमा रहेको बुलबुले ताल । मर्मत सम्भार अलपत्र पर्दा यस तालको सुन्दरता खस्किँदै । अहिले तालको एकतर्फ मात्र पानी जमेको छ । तालभरि पानी नजम्दा तालको सौन्दर्यता खासिएको जस्तो देखिएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार