साथीको छुरा प्रहारबाट दुबईमा एक नेपालीकाे मृत्यु

रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ ।

अबुधाबी अलदाफ्रास्थित एएमबी  हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका–६, निसीका दिलबहादुर बुढाको छुरी प्रहारबाट मृत्यु भएको हो ।

सेप्टेम्बर २ को राति  बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ । दुई जनाबीच भनाभन  चलेको र सुत्न गएको बेला वाथरुम छेउमा बसिरहेका बुढाले ढकाललाई छातीमा छुरा प्रहार गरेको दाजु बसन्त ढकालले बताएका छन् ।

घट्नास्थलमा ४६ मिनेटपछि मात्र प्रहरी पुगेको थियो । एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा करिब ८/१० मिनेटपछि ढकालको मृत्यु भएको थियो । छुरी प्रहार गर्ने बुढालाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ । ढकाल चार वर्षअघि रोजगारीका सिलसिलामा दुबई पुगेका थिए ।

उनी ६ महिनाअघि छुट्टी मनाउन घर आएर दुबई फर्केका थिए । एयर अरबियामार्फत ल्याइएको उनको शवलाई शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको नारायण बस्नेतले जानकारी दिए । उनका घरमा बृद्धावस्थाका आमा बुवा, दाजुभाउजू र दिदी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार