नेपालका प्रधानमन्त्रीहरु विदेशीको इच्छामा बन्छन् : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताएका छन् ।

शुक्रवार विश्व ॐकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ॐकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाइने गरेको बताएका हुन् ।

उनले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरुको हातमा रहेको बताए । उनले मन्त्रीहरु को बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरुको चासोको विषय हुने गरेको जिकिर गरे । अध्यक्ष लिङ्देनले हिन्दु राष्ट्रको समाप्त पार्नेहरूको अभिष्ट अझैपनि पूरा भइ नसकेको टिप्पणी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार