माओवादी अध्यक्ष प्रचण्ड गुल्मी १ बाट सिफारिस

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गुल्मी क्षेत्र न १ बाट उम्मेद्वारको रुपमा सिफारिस भएका छन् ।

शुक्रबार बसेको पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा पार्टी अध्यक्ष प्रचण्ड सहित अन्य दुई जनालाई सिफारिस गरेको हो ।

जिल्ला संयोजक बुद्धि जिसीका अनुसार प्रतिनिधि सभा सदस्यको लागि अध्यक्ष प्रचण्ड सहित पोलिटि ब्यूरो सदस्य लक्ष्मण पन्त, प्रदेश कमिटी सदस्य पुनराम ज्ञवाली सिफारिसमा परेका छन ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार