गोकर्णेश्वरबाट २२ जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा गोकर्णेश्वरबाट २२ जनालाई नियन्त्रणमा लिएको छ । गोकर्णेश्वर नगरपालिका-७ अर्यालगाउँ बस्ने ४९ वर्षीय राते लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत २२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ४० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार