मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौँमा गएराति मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । कलंकीमा गएराति रोकीराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक काठमाडौं बसन्तपुरका ३१ वर्षिय सुनोजमान डंगोलको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार ललितपुर बाडेगाउँका २२ वर्षिय अभिषेक मर्हजन गम्भिर घाईते भएका छन् ।

गएराति १ बजे डंगोलले चलाएको प्रदेश ३ ,०२ ००३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखेको बागमति प्रदेश ०३ ००१ ख २०४० नम्बरको ट्रकमा ठोक्किएको थियो ।

दुबै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार