सर्पको टोकाइबाट बालिकाको मृत्यु

दाङ – राजपुर गाउँपालिका– ५ सर्पको टोकाइबाट बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीया सानुमाया विक रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

बिहीवार राती घरमै सुतिरहेको समयमा उनलाई औँलामा टोकेको थियो। उनलाई उपचारको लागि लमही ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार