पुण्य गौतम काठमाडौँ ३ बाट समानुपातिकमा सिफारिस

काठमाडौं । नेकपा एमालेले पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ ।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । उनलाई पार्टीले काठमाडौंको क्षेत्र नम्बर ३ बाट सिफारिस गरेको हो ।

गौतमले पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र एमाले काठमाडौं जिल्ला कमिटीलाई धन्यवाद दिएका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीमा रहेका गौतम गत वैशाखमा एमाले प्रवेश गरेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार