युरोपा लिग : म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको आफ्नो पहिलो खेलमा पराजित हुँदा आर्सनल २–१ ले विजयी भएको छ।

स्पेनिस क्लब रियल सोसिडाडसँग युनाइटेड समूह ईमा १–० ले पराजित भएको हो। सोसिडाडका लागि मेन्डेजले ५९ औ मिनेटमा गरेको पेनाल्टी निर्णायक बन्यो।

यो खेलअघि युइएफएले बिहीबार राति निधन भएकी बेलायती महारानी एलिजाबेथ द्वितीयाको शोक प्रकट गरेको थियो। मैदानमा खेलका दौरान पनि कुनै म्युजिक बजाइएन।

म्यानचेस्टरलाई घरमानै स्तब्ध बनाउन सोसिडाडक ब्राइस मेन्डजले ५९ औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। सब्सटिच्युट खेलाडी लिसान्द्रो मार्टिनेजले ह्यान्ड गरेपछि सोसिडाडले पेनाल्टीको मौका पाएको थियो। कृष्टियानो रोनाल्डोले २००२ पछि च्याम्पियन्स लिग बाहिरको युरोपियन प्रतियोगिता खेलेका छन्।

आर्सनलले भने ज्युरिचलाई २–१ ले पराजित गर्‍यो। आर्सनलको जितमा ओलीभेरा अलेनसारले १६ मिनेट तथा नेक्तियहाले ६२ औं मिनेटमा गोल गरेका थिए। ज्युरिचका लागि कृयाज्युले ४४ औ मिनेटमा गोल फर्काएका थिए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार