चितवनबाटै चुनाव लडेर जित्छु : प्रचण्ड

'आज सिट बाँडफाँडको टुंगो लगाउने दाबी'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफू चितवन–३ बाट उम्मेदवार बन्ने स्पष्ट पारेका छन्। उनले त्यहीँबाटै चुनाव जित्नेमा ढुक्क रहेको बताए।

पोखरामा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रचण्डले चितवन–३ बाट आफ्नो उम्मेदवारी तय भएको उल्लेख गरेका हुन्। प्रचण्डले भने, ‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी र अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनु पर्‍यो भनिराख्नुभएको छ। सबैलाई धन्यवाद नै भन्न चाहन्छु। तर म अहिले चितवनबाटै लड्छु। मेरो दिमागमा दायाँबायाँ अर्को छैन।’

उनले चितवनका जनताको चेतना र भावनामा आफूलाई विश्वास रहेको उल्लेख गरे। उनले भने, ‘गठबन्धन पनि छँदै छ। गठबन्धनमा कुनै विमति छैन। त्यसैले मैले चितवन छोड्दा राम्रो सन्देश दिँदैन। म त्यहाँबाटै जित्छु भन्नेमा झण्डै झण्डै पूर्ण कन्फिडेन्स र विश्वासमा छु।’ उनले शीर्ष नेताको व्यस्तताको कारणले हिजो सिट बाँडफाँडमा सहमति हुन नसकेको उल्लेख गरे। प्रचण्डले आज सिट बाँडफाँडको टुंगो लगाउने दाबी गरे।

नागरिकता विधेयक तत्कालिन ओली सरकार ल्याएको अध्यादेशबाट राष्ट्रपतिले प्रमाणित भएको विधेयक भएकोले प्रमाणित हुनेमा विश्वास व्यक्त गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार