लोक सेवा आयोगले गर्‍यो​ अंकभारमा संशोधन

अबदेखि लोक सेवा आयोगले लिने प्रथम चरणको परीक्षामा प्राप्त गरेको अंकको ५० प्रतिशत मात्रै अन्तिम चरणमा जोडिने भएको छ । लोक सेवा आयोगले आर्थिक वर्ष २०७९/०८० देखि हुने विज्ञापनमा लिखित परीक्षाको प्रथम चरणमा उम्मेदवारले प्राप्त गरेको कुल अंकको ५० प्रतिशत अंकभार मात्रै अर्को चरणमा जोड्ने निर्णय गरेको हो ।

१३ भदौ २०७९ मा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । शाखा अधिकृत, नायब सुब्बा र खरिदार वा सो सरहका पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरण प्राप्त गरेको नम्बरको ५० प्रतिशत अन्तिम चरणको योग्यताक्रममा गणना गरिने आयोगको प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिए ।

सहसचिव वा सो सरह पदको द्वितीय चरणको सक्षमता परीक्षा अन्तर्गत मामिला प्रस्तुतीकरणको पूर्णाङ्क ५० को ठाउँमा ३० अंक कायम गरिएको प्रवक्ता सुवेदीले बताए । आयोगले लिखित परीक्षाको पाठ्यक्रम र अंकभारमा संशोधन तथा परिमार्जन गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार