जाजरकोटमा मालबाहक ट्रक दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ –जाजरकोटमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो जाजरकोट–डोल्पा सडक अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८ मालुवातडा नजिक ट्रक दुर्घटना भएको हो ।

रुकुम जिल्लाको राडिदेखी जाजरकोट तल्लुबगर जाँदै गरेको भे१ख३७३६ नम्करको मिनी ट्रक ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

कर्णाली प्रदेश प्रहरीकाअनुसार ट्रक सडकदेखि तल भेरी नदीको किनारमा खसेको थियो । ट्रक दुर्घटनामा मृतकको पहिचान खुल्न सकेको छैन् भने रोल्पा गंगादेब गाँउपालिका–३ नविन डाँगी घाइते भएका छन् ।

उनको उपचार भइरहेको छ । भने ट्रक चालक भेरिगंगा नगरपालिका–६ सुर्खेतका लक्षीराम बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार