कमेडियन अपूर्व क्षितिजलाई तारेखमा छाडियो

काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएपछि उनलाई उपचार गर्नका लागि भन्दै तारेखमा रिहा गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको हो ।

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार