सोमबार देशभरका सिनेमा हल बन्द गर्ने चलचित्र संघको घोषणा

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । विहीबारबसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो । कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।

कार्यसमिति बैठकपछि जारी विज्ञप्तिमा संस्थाका सदस्यहरुको मानमर्दन हुने गरी अनर्गल आरोप लगाएकोप्रति सांकेतिक विरोधको कार्यक्रम घोषणा भएको जनाएको छ ।

सोही कुराको विरोध गर्न भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय भएको उल्लेख छ । फिल्म सेन्सर गर्दा अनावश्यक दुःख दिएको भन्दै अग्रिम बुकिङ नखोलिएको प्रष्टीकरण पनि संघले दिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार