भिन्न रुपमा संघर्षमै छु : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरुो अन्तिम अवस्थासम्म संघर्ष गरिरहने बताएका छन् ।

२४ औं सुरेश वाग्ले (बासु) स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले पनि आफू भिन्न रुपले संघर्षमै रहेको बताएका हुन् । उनले माओवादीमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताए ।

‘म भिन्न रुपमा संघर्षमै छु, हुनसक्छ अर्को परिस्थिति बन्यो भने अर्कै रुपमा संघर्षमा बढिराख्ने हुन्छ’, प्रचण्डले भने, ‘यो वर्गयुद्ध हो जारी छ ।’

उनले अहिले कसले जित्छ भन्ने कुराको अन्तिम फैसला भइनसकेको भन्दै संघर्षप्रति प्रतिवद्धता जनाउनु नै बासु वाग्लेप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

‘म संघर्षमै छु त्यसकारण प्रतिकृयावादी प्रतिगामी तत्वबाट प्रहार भइरहेको छ’, प्रचण्डले माओवादी र नेतृत्वमाथिको प्रहार जारी रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार