प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिँदै

काठमाडौं – सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ १७ गतेको मन्त्रिपरिषद् बैठकले दुई वटा निर्णय गरेको बताए।

‘वर्तमान मन्त्रिपरिषद्का सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ,’ कार्कीले भने।

यससँगै भदौ १७ गतेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई संसद्‌मा पेश गर्न स्वीकृत दिने निर्णय पनि गरेको थियो।

त्यसपछि भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले २१ वटा निर्णय गरेको छ। जसमा नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति र सह सचिवस्तरीय अन्तरसरकारी उपसमितिको बैठकका लागि वार्ता टोली गठन गर्ने लगायत छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार