राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थालाई तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १४ दिनको रिपो जारी गर्न लागेको हो ।

बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या भए केन्द्रीय बैंकले रिपो जारी गर्ने गर्छ । राष्ट्र बैंकले जारी गरेको रिपो बोलकबोल प्रणालीबाट बिक्री हुने छ । बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिने छन् ।

चालु आर्थिक वर्षमा दोस्रो पटक राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो । यसअघि राष्ट्र बैंकले गत साउन १२ गते ३० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । त्यसबखत बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब रुपैयाँको रिपो खरिद गर्नु पर्ने माग गरेका थिए ।

तर, राष्ट्र बैंकले ८.५५ प्रतिशत देखि ८.२ प्रतिशत ब्याजदर कबोल गर्ने संस्थालाई ३० अर्ब रुपैयाँको रिपो बिक्री गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार