सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले बढेर ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार