राष्ट्रियसभा अन्तर्गत चार विषयगत समितिले सभापति पाउँदै

काठमाडौँ – राष्ट्रियसभा अन्तर्गत चार वटा विषयगत समितिले आज सभापति पाउने भएका छन्।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । चार वटा समितिको सभापतिका लागि चार जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरु सबै निर्विरोध निर्वाचित हुनेछन्।

आज दिउँसो १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्तुत र समर्थकले समर्थन गरेसँगै सभापति चुनिनेछन्। जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा। बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापाले उम्मेदवारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार