दक्षिण कोरियामा हिनामनोर आँधीका कारण सात जनाको मृत्यु

दक्षिण कोरियामा हिनामनोर आँधीका कारण एउटा भवनको बेसमेन्टमा रहेको कार पार्कमा फसेर सात जनाको मृत्यु भएको छ ।

उनीहरू आफ्नो कार सार्न तल गएका बेला आँधीमा फसेका थिए । उद्धार टोलीले दुई जनाको उद्धार गरेका थिए । उनीहरु पाइपमा १२ घण्टाभन्दा बढी टाँसिएर ज्यान जोगाएका थिए । यस वर्षको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चक्रवाती आँधी हिनामनोर यस हप्ताको सुरुमा दक्षिण कोरियामा पुगेको थियो ।

बाढीका कारण बेसमेन्ट पूर्णरुपमा डुबेको थियो । राष्ट्रपति युन सुक–योलले उक्त विपत्तिप्रति दुःख व्यक्त गरेका छन् । उनले भने, ‘हिजो राती यो दुःखद घटनाका कारण म निदाउन सकिनँ ।’ -एजेन्सी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार