काँग्रेसभित्र विद्रोह गर्ने शेखर कोइरालाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एकसय भन्दा कम सिटमा गठबन्धनमा सहमति गरे पार्टीभित्र विद्रोह हुने चेतावनी दिएका छन् ।

बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले संस्थापन पक्षले न्यायोचित ढंगबाट आफूहरूलाई टिकट नदिए पनि विद्रोह हुने बताए ।

‘सय सिटमा पनि कांग्रेसभित्र व्यवस्थापन गर्न गाह्रो छ । त्योभन्दा कम पाए स्थिति भयावह हुन्छ,’ उनले भने, ‘कांग्रेसभित्र विद्रोह हुन सक्छ । विद्रोह भए गठबन्धनको औचित्य समाप्त हुन्छ ।’

नेता कोइरालाले गठबन्धनमा अझै सिटको विषयमा सहमति नभएकाले तत्काल आपत्ति जनाउनुपर्ने अवस्था आइनसकेको बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार