नागरिकता विधेयकमा साझा धारणा आवश्यक छ : राष्ट्रपति भण्डारी

'भोलि पूर्व सुरक्षा अधिकारीहरुसँग छलफल गर्दै'

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको विषयमा राष्ट्रिय दृष्टिकोण बनाउनु पर्ने बताएका छिन् ।

बुधबार राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका साना कम्युनिष्ट पार्टीका नेताहरुसँगको कुराकानीमा उनले नागरिकता विधेयकमा साझा धारणा आवश्यक रहेको उल्लेख गरेकी हुन्।

बुधबार क्रान्तिकारी माओवादीका नेता हरिभक्त कँडेल, वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुती), नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेता धर्मेन्द्र बास्तोललगायतका कम्युनिष्ट पृष्ठभुमीका नेताहरु राष्ट्रपतिलाई भेट्न शिलत निवास पुगेका थिए।

भेटमा नेताहरुले नागरिकता विधेयक फिर्ता गरेको राष्ट्रपति भण्डारीको निर्णयलाई समर्थन जनाएका थिए ।
भण्डारीले आफूले विधि र प्रक्रियाअनुसार नै विधेयक फिर्ता पठाएको दाबी गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले बुधबार नै नेमकिपाका सांसद एवं नेता प्रेम सुवालसँग भेट गरेकी छिन्।नागरिकता विधेयक अघि बढेसँगै सक्रिय भएकी राष्ट्रपति भण्डारीले बिहीबार नेपाल प्रहरी र शसस्त्र प्रहरीका पूर्व अधिकृतसँग छलफल गर्दैछिन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार