घरेलु उपचारमा भर पर्दा सर्पले टोकेकी बालिकाको मृत्यु

सल्यान – सल्यानमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–३ खेतगारा औलबेशी निवासी कन्जरा बिककी ४ वर्षीया छोरी शृष्टी बिकको मृत्यु भएको हो।

आफ्नै घरनजिकै आँगनमा आमासँगै हिँडिरहेको अवस्थामा बालिकालाई मंगलबार साँझ करिब ६ बजे सर्पले टोकेको थियो। सामान्य घरेलु उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालू आवमा मात्र सल्यानमा सर्पको टोकाईबाट २ जनाको मृत्यु भइसकेको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार