पुटिन र सी जिन्पिङबीच भेटवार्ता हुँदै

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता हुने भएको छद । उनीहरु बिच आगामी साता उज्वेकिस्तानमा भेटवार्ता हुन लागेको बताइएको छ।

उज्वेकिस्तानको समरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना हुने साङ्घाइ सहयोग सङ्गठन शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबै नेताबीच भेटवार्ता हुने छ ।

चीनका लागि रूसी राजदूत एन्ड्रे डेनिसोभले राष्ट्रपतिद्वयबीचको भेटवार्तालाई पुष्टि गर्दै नेताद्वयबीचको पूर्ण बैठक र त्यसको कार्यसूचीमा गम्भीर ढङ्गले काम भइरहेको बताएका छन् । उनले रूसी र चिनियाँ राष्ट्रपतिबीच द्विपक्षीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा विचारविमर्श हुने बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार