असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने

काठमाण्डौ – दशैँका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले असोज १ गतेदेखि अग्रिम टिकट खुलाउने निर्णय गरेको हो ।

असोज १ गतेदेखि लामो तथा मध्यम दुरीका गाडीको अग्रिम टिकट खुलाउने र यसका लागि पूर्वतयारीका काम सुरु गर्ने सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले उज्यालोलाई जानकारी दिए ।

दशैँमा यात्रुलाई सास्ती नहोस् भनेर सडक विभागले मर्मत गर्ने, यात्रु र गाडीको सहजीकरणका लागि ट्राफिक प्रहरीले समन्वय गर्ने र भाडा पुनरावलोकनलगायतका विषयमा मन्त्रालय र विभागले पहल गर्ने सहमति भएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार