इन्द्रजात्रा हेर्न विश्वका २५ नगरलाई काठमाडौँ महानगरको निम्तो

काठमाडौं – काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा हेर्नका लागि विश्वका २५ नगरलाई निम्तो दिएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकाका सबै नगरपालिका प्रमुख ५ वटा महानगरपालिका र २५ वटा भगिनी सम्बन्ध भएका नगर प्रमुखलाई निमन्त्रणा गरेको जानकारी दिइएको हो ।

भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरुबाट ७ वटा राजधानी शहरका प्रमुख गरी २५ वटा नगरका प्रमुखहरुलाई निमन्त्रणा गरेको महानगरपालिकाले जनाएको छ। यसरी सम्बन्ध गाँसिएका नगरहरुमा चीनका सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेइद, जिन्काउ र लान्वोउ गरी ७ वटा शहर छन्। काठमाडौं महानगरसँग धेरै शहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो।

चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो। यसका बोल्डर, फेडरिकवर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ। निम्त्याइएका सबै जना आउन नसक्ने जानकारी आएको महानगरपालिकाले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार