महिला साफ च्याम्पियनसिप : पाकिस्तानविरुद्ध भारतको सानदार जित

काठमाडौं । दाङमेई ग्रेस र बैकल्पिक खेलाडी सौम्या गुगुटोथको गोलप्रेरित भारतले बुधबार साफ महिला च्याम्पियनसिपमा पाकिस्तानलाई ३–० ले हराएको छ ।

पाँचपटकको उपाधि विजेता भारतले २१ औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया जमिला खानको आत्मघाती गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि ग्रेसले गरेको गोलबाट भारतले अग्रता दोब्बर बनायो । इन्जुरी समयमा सौम्याले अर्को गोल थपेपछि भारतले सहजै तीन अंक जोडेको हो ।

पाकिस्तान र भारत दुवैले फिफाको प्रतिबन्ध फुकुवा भएपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका हुन् । पाकिस्तानको महिला टोली आठ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको हो । भारत पनि फिफाबाट ११ दिनको प्रतिबन्धपछि फुकुवा भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार