ज्वरोका कारण विद्यार्थीको ज्यान गएपछि विद्यालय बन्द

खलंगा– ज्वरो र रुघाखोकीका कारण एक विद्यार्थीको मृत्यु भएपछि जाजरकोटको जुनी माध्यमिक विद्यायल बन्द गरिएको छ ।
उक्त विद्यालय सिर्केमा कक्षा ७ मा अध्ययनरत मेनुका खड्काको मृत्यु भएपछि विद्यालय बन्द गरिएको हो।

विद्यालयका विद्यार्थी तथा शिक्षक, शिक्षिका विरामी भएपछि गणेश प्रावि लविसाको विद्यालय बन्द गरिएको छ। गाउँमा सबै विरामी भएपछि समस्या भएको स्थानीय शिक्षक हरीश बुढाथोकीले जानकारी दिए।

स्वास्थ्यकर्मी पठाइदिन नगरपालिकामा खबर गरिए पनि अहिलेसम्म स्वास्थ्यकर्मी गाउँमा नपुगेको उनले जानकारी दिए। हप्ता दिनदेखि बढेको ज्वरो र रुघाखोकीका कारण गाउँ नै समस्यामा परेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार