नवलपुर अदालतमा पल शाहविरुद्धको मुद्धामा बहस जारी

काठमाडौं । नवलपुर जिल्ला अदालतमा नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दा फैसला गर्न अहिले बहस भइरहेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा बहस भइरहेको हो ।

शाहको तर्फबाट ७ जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा भरेका थिए । बिहानदेखि बहस सुरु भएको छ । इजलासले शाहविरुद्ध लागेको आरोप ठहर्ने वा नठहर्नेमध्ये एउटा फैसला गर्नेछ ।

एक नावालिग गायिकाले बलात्कारसम्बन्धी उजुर गरेपछि शाह मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार