लुम्बिनी अस्पतालको ठेक्का प्रक्रिया रोक्न अदालतको आदेश

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्काप्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुल्सीपुरले अन्तरिम आदेश जारी गरेको छ । २५ साउनमा उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले अन्तरिम आदेशमार्फत त्यसलाई निरन्तरता दिएको छ ।

उच्च अदालत बुटवल इजलासमा न्यायाधीशद्वय कृष्णबहादुर थापा र रमेशराज पोखरेलको इजलासले बोलपत्रको मापदण्डमा समेत फरक पर्ने गरी पटक(पटक बोलपत्र संशोधन गरेको देखिएको र यसबारे सार्वजनिक खरिद अनुगमन कार्यालयबाट समेत प्राधिकरणलाई दुई पटक पत्र पठाएर ध्यानाकर्षण गराएको भन्दै सुविधा र सन्तुलनको दृष्टिबाट अल्पकालीन अन्तरिम आदेशलाई निरन्तार दिने आदेश सुनाएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)ले प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्काका ३ शर्तहरु संशोधन गर्न निर्देशन दिएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार