अमेरिकी उपसहायकमन्त्री होर्स्ट काठमाडौँमा

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला व्यूरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् ।

होर्स्ट मंगलबार काठमाडौं आइपुगेकी हुन् । उनले भ्रमण जलवायु परिर्वतनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उपसहायक मन्त्री होर्स्ट पहिलो पटक हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार