श्रीमतीद्वारा श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता

सिन्धुलीमा श्रीमतीले श्रीमानविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी छिन् । दुधौली नगरपालिकाकी २८ वर्षीय महिलाले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी हुन् ।

श्रीमान र श्रीमतीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । श्रीमानले आफू बिरामी र अशक्त भएको अवस्थामा इच्छा विपरित यौन सम्पर्क गरेको ती महिलाले बताएकी छन् ।

उनीहरूको विवाह २०७२ सालमा भएको र २ जना छोरीहरू समेत भएको प्रहरीले बताएको छ । मुद्दा दायर गर्ने महिलाका अनुसार श्रीमानले मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गरी आफूलाई जबरजस्ती करणी गर्ने गरेको बताएकी छन् ।

आरोपित श्रीमानलाई पक्राउ गरी अनुसन्धान भई एक हजार रुपैयाँ जरिवाना दिने शर्तमा फैसला भएको थियो । तर जरिवाना तिर्न नसकेपछि उनलाई अहिले थुनामा राखिएको सिन्धुली प्रहरीले जनाएको छ ।

बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा श्रीमानले श्रीमतीलाई जबरजस्ती करणी गरेमा ५ वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख गरिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार