आतङ्कवादीहरूसँगको भिडन्तमा पाँच पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौँ – उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग सोमबार भएको भिडन्तमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर)ले जनाएको छ । उक्त स्थानबाट हातहतियार पनि बरामद भएको छ ।

मारिएका आतङ्ककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए । खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् । पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक्षा व्यवस्था सुदृढ बनाएका छन् ।

यसअघि गत साउन ३० गते सुरक्षा बलले उत्तरी वजिरिस्तान जिल्लाको मीरअली क्षेत्रमा गरेको कारबाहीका क्रममा एक जना आतङ्कवादीलाई मारेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार